असार १५: कसेरी फाँटमा पोखरेलीसँगै विदेशी पर्यटक, (तस्वीरसहित)
पाेखरा | असार १५, २०८०
पोखरा: आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि,धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ ।
पोखरा पर्यटन परिषद्ले १८ वर्षदेखि मनाउँदै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा महानगरपालिका १३ कसेरीमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा १८ औं असारे रोपाइँ महोत्सव आयोजना ग¥यो ।
परिषद्ले आयोजना गरेको १८ औं असारे रोपाइँ महोत्सवमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत असारे रोपाइँ महोत्सवमा सहभागिता जनाए ।
नेपालीहरुलाई कृषि उत्पादनमा जोड्न र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित परिषद्ले प्रत्येक वर्ष असारे रोपाइँ महोत्स गरेको जनाएको छ ।
रोपाइँ महोत्सवका अवसरमा पोखरेलीसँग आन्तरिक तथा बाह्य पर्यटकहरुले कसेरीमा फाँटमा एकआपसमा असारे हिलो छ्यापछ्याप गरे असारे रोपाइँ महोत्सवमा मनाएका छन् ।
तस्वीरमा हेरौं







नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

